विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

२४ मंसिर ७५, मंगलबार

काठमाडौँ,मंसिर २५

Advertisement

विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ ।

बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

Advertisement

सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।

देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ ।

Advertisement

यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ । कार्यक्रम अवधिभर छ हजारलाई वित्तीय साक्षरता दिइने बैंकले जनाएको छ ।

यसअघि नै कार्यक्रम शुरु भइसकेको दाङ लमही नगरपालिकाको कर्मठ सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यद्वय नेत्र बस्नेत र गङ्गा घर्तीले बिना धितो वित्तीय संस्थाबाट ऋण पाएपछि सहज रुपमा उद्यम गरी स्वरोजगार हुन सकिएको अनुभव सुनाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top