भिडियोग्राफी सिक्न चाहने युवाहरुका लागि सुर्वण अवसर

२५ मंसिर ७५, बुधबार

विराटनगर, मंसिर २६
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुका लागि ५ दिने आवसीय फिल्म मेकिंङ तालिम दिईने भएको छ । तालिम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा आगामी पौष १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना तथा समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा सो तालिम संचालन हुने भएको हो ।

तालिममा फोटोग्राफी,सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्शन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

Advertisement

तीन चरणमा बिभाजन गरिएको सो तालिममा पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ ।

दोश्रो चरणमा सहभागीहरुलाई चार समूहमा विभाजित गरी छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्त्यमा तालिममा सहभागीहरुले तयार गरेको सिनेमालाई दर्शक माझ प्रस्तुत गरिने छ ।

उक्त तालिममा सहभागी हुनका लागि आबेदन आव्ह्वान गरिएको छ । आवेदक मध्येबाट २४ जनालाई छनौट गरि तालिममा सहभागी गराईने आयोजकले जनाएको छ ।

पौष ५ गतेसम्म आवेदनका लागि अन्तिम समय रहेको बताउदै निर्देशक अधिकारीले तालिममा १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस सहभागिता जनाउन सक्ने जानकारी दिए ।

थप जानकारीका लागि सम्पर्क गर्न सकिने लिकं यहाँ प्रस्तुत गरिएको छ ।

फाराम भर्ने लिंक:  http://bikalpaanalternative.org/apply-liberty-film-school-workshop-2018/

कार्यक्रम बारे थप जानकारीको लागि: http://bikalpaanalternative.org/liberty-film-making-workshop-2018/

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top