×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026
Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026

ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार सुरु, सुरुमा कुन–कुन जिल्ला परे ?

२७ मंसिर २०७५

काठमाडौँ,मंसिर २७

सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ ।

Advertisement
Advertisement

यसअघि गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा हुँदा आर्थिक अवस्था सबल हुनेका आफन्तले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लैजाने गरेपनि कमजोर आर्थिक अवस्था भएकाले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । प्रसव अवस्थामा आउने जोखिम कम गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न सरकारले गर्भवती तथा सुत्केरीको उद्धार गर्ने भएको हो ।

यसका लागि सरकारले ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरिसकेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सरकारले तोकेको अस्पतालमार्फत गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम शुरु गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

नेपालको संविधानको धारा ३८ को उपधारा ५ मा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ । सरकारले आव २०७५÷०७६ को बजेट वक्तव्यमा ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको आपत्कालीन उद्धार गर्न ‘एयर एम्बुलेन्स’को प्रबन्ध मिलाइने घोषणा गरेको थियो ।

महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन, नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाको प्रजनन् स्वास्थ्यको कारण हुनसक्ने सम्भावित मृत्युबाट बचाउन कार्यक्रम ल्याइएको हो ।

कार्यविधि लागू भएसँगै दुर्गम हिमाली तथा पहाडी क्षेत्रका ३४ जिल्लामा हवाई उद्धारका कार्यक्रम सञ्चालन हुनेछन् । दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेखि, मुगु, कलीकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम र सल्यान जिल्लामा कार्यक्रम लागू हुनेछ ।

त्यस्तै सिन्धुपाल्चोकको थामपालधाप पाँचपोखरी, हेलम्बु र जुगल गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, गोरखाको सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका, बागलुङको ढोरपाटन, गलकोट र जैमुनी नगरपालिका तथा बडिगाड, निसिखोला, बरेङ, ताराखोला, काँठेखोला र तमानखोला गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरीको आपत्कालीन हवाई उद्धार गरिनेछ । हवाई उद्धार कार्यक्रमका लागि नेपाली सेना तथा निजी क्षेत्रका हवाई सेवा प्रदायकसँग सेवा लिन सकिने छ ।

हवाई उद्धार कार्यको समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तीकरण महाशखाका प्रमुखको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति गठन गरिने छ । समितिमा गृह मन्त्रालयका विपद् व्यवस्थापन महाखाका प्रमुख, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका परिवार कल्याण महाशाखाका प्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालय, नेपाल प्रहरीको महिला बालबालिका सेवा निर्देशनालय, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि र महिला मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा प्रमुख सदस्य रहनेछन् ।

समितिले हेलिकोप्टर प्रयोगको मापदण्ड र सरकारले तोकेको अस्पतालसँग सहकार्यको ढाँचा तयार गर्ने छ । उद्धार गरिने महिलाको स्वास्थ्य स्थिति, आर्थिक मितव्यीता र अस्पतालमा उपलब्ध सुविधाको स्तर अध्ययन गरी पायक पर्ने नजिकको अस्पतालमा उद्धार गर्ने निर्णय गर्नेछ ।

त्यसैगरी स्थानीय तहमा हवाई उद्धार गर्ने कार्यका लागि नगरपालिका तथा गाउँपाकिालका प्रमुख÷अध्यक्षको संयोजकत्वमा स्थानीय सिफरिश समिति गठन गरिने छ ।

सात प्रदेशका १३ अस्पतालमा निःशुल्क सेवा 

सरकारले आपतकालीन अवस्थामा उद्धार गरिएको गर्भवती वा सुत्केरीलाई तत्काल स्वास्थ्य सेवा प्रदान गर्न सातै प्रदेशमा रहेका १३ सरकारी अस्पताललाई तोकिएको छ । त्यसरी उद्धार गरिएका गर्भवती वा सुत्केरीलाई सम्बन्धित प्रदेशभित्रका सरकारी अस्पतालमा उपचारार्थ लैजानुपर्नेछ । उद्धार गरिएका गर्भवती वा सुत्केरीको उपचारका लागि प्रदेश नं १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताल, प्रदेश नं २ को सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल, धनुषाको जनकपुरस्थित जनकपुर अञ्चल अस्पताल र पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई तोकिएको छ ।

प्रदेश नं ३ का लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल, गण्डकी प्रदेशको कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई तोकिएको छ ।

यस्तै प्रदेश नं ५ को रुपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल, दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताल र बाँकेस्थित भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पताल तथा सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताललाई तोकिएको छ ।

हेलिकोप्टर अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि तोकिएका अस्पतालले एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

Advertisement

–अशोक घिमिरे / रासस

भर्खरको समाचार

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

सम्बन्धित खबरहरु

Scroll to Top