विराटनगर, मंसिर २७
ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ सादेवामा खरबारीबाट लडेर एक जनाको ज्यान गएको छ । गत मंसिर २२ गते शनिवार दिउँसो पौने १ बजेको समयमा खर काट्ने क्रिममा भरबाट लडेर सोही स्थानका ३८ वर्षिय बिजय कार्की अचानक लडेर घाइते भएका थिए ।
भीरबाट लडेर गम्भीर घाइते कार्कीको झापास्थित बि.एण्ड.सी. अस्पतालमा उपचारका क्रममा गएराती मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।