विराटनगर, मंसिर २७
मोरङको ग्रामथान गाउँपालिका–६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ । बुधबार राती ११ बजेको समयमा मोरङ सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खस्दा गम्भिर घाइते भएका मोटरसाइकल चालकको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । मृतकको अहिले सम्म सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।