विराट मेडिकल कलेजले एमबीबीएस निःशुल्क भन्दै १५ लाख असुल्दै

विराट मेडिकल कलेजले एमबीबीएस निःशुल्क भन्दै १५ लाख असुल्दै

विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।

विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।  काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ ।

यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्, छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहेन्दार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.