नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने श्रृङ्खलाको अठोट

२८ मंसिर ७५, शनिबार

काठमाडौं,मंसिर २९
मिस नेपाल श्रृङ्खला खतिवडाले देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्य रहेको बताएकी छिन् । शुक्रबार काठमाडौँको दरबारमार्ग स्थित पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलनमा श्रृङ्खलाले यस्तो बताएकी हुन् ।अबको यात्रा के हुन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘अबको यात्रा के हुन्छ ?’‘देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्य छ।’

उनले भनिन् ‘ताज ल्याउने आत्मविश्वासले दसभित्र अटाएँ तर प्रधानमन्त्री बन्ने सदाबहार उमंगबाट हार खाएकी छैन । त्यो म बनेरै छाड्छु ।’

चीन सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरी’को १०औं स्थान ओगटेकी शृंखला बुधबार स्वदेश फर्केकी हुन् ।उत्कृष्ट पाँचभित्र पर्छु जस्तो लागेको बताउँदै उनले नाम घोषणा हुँदा नमज्जा लागेको बताईन् । उत्कृष्ट पाँचमा पर्न नसक्दाको क्षण सम्झँदै उनले भनिन् ‘उत्कृष्ट पाँचमा पर्छु जस्तो लाग्दा–लाग्दै नाम घोषणा नहुँदा कस्तो नमज्जा लाग्दो रहेछ,’ उत्कृष्ट पाँचमा पर्न नसक्दाको क्षण सम्झँदै उनले भनिन् ।

Advertisement

शृंखलाले ‘मिस वल्र्ड’बाट ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पोज’ उपाधि जितेकी छिन् । चेपाङ समुदायका महिला तथा बालबालिकाको प्रजनन स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको कामको परिणामस्वरूप ‘ब्युटी विथ पर्पोज’ अवार्ड जितेकी ‘मिस वल्र्ड नेपाल’ शृंखलाले प्रस्ट्याइन् ।

‘मल्टिमिडिया अवार्ड’ जित्नुको जस उनले आफूलाई मतदान गर्ने र आफ्नाबारे ‘मल्टिमिडिया’मा कमेन्ट गर्ने सम्पूर्ण नेपालीलाई दिएकी छन् ।कुल मतको ३६ प्रतिशत भोट ‘मल्टिमिडियामा पाउँदा शृंखलालाई प्रतियोगीले ‘तिमीले त यति धेरै भोट हाल्ने मान्छे किनेर राखेका छौं कि क्या हो ?’ भन्ने प्रश्न पनि गरे । तर, यो नेपालीकै मायाको कारण सम्भव भएको उनले बताइन् ।

‘मिस वल्र्ड’ इतिहासमै नेपाल चिनिएको यसैपटक भएको उनको दाबी छ । आफ्ना बाँकी योजना पूरा गरेरै छाड्ने प्रतिबद्धता उनले बताइन् । ‘मेरो लक्ष्य समाजसेवा र राजनीति हो त्यसैले चलचित्र क्षेत्रमा आउने कुनै चाहना छैन,’ उनले भनिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top