भारतमा ३३ किलो सुनसहित इटहरीका दुई नेपाली समातिए

भारतमा ३३ किलो सुनसहित इटहरीका दुई नेपाली समातिए

विराटनगर, मंसिर २९
भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुई नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललाई जानकारी भएको छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलो सुन तस्करी र शनम हत्याको अनुसन्धान गर्न गठित समितिले सुनबारे चासो दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेको अवस्थामा ३३ किलो सुन बरामद गरेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

नेपाली नागरिकबाटै बरामद भएको उक्त सुन त्रिभुवन विमानस्थलबाटै हराएको भनिएको ३३ किलो हुन सक्ने आशंकामा समितिले अनुसन्धान थालेको हो ।

कलकत्ताबाट बरामद सुन चुडामणि उप्रेती ‘गोरे’ समूहले तस्करी गरेर ल्याउँदा हराएको सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.