लागूऔषध सहित युवक पक्राउ

लागूऔषध सहित युवक पक्राउ

झापा, पुस २
झापाको दमक नगरपालिका–७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ ।

अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम– १०÷१० एम्पुल सहित गौरादह नगरपालिका–१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारि बरामद गरेको हो ।

बरामद लागूऔषध सहित श्रेष्ठलाई दमकमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.