ईपीएल : विराटनगर समूह चरणबाटै बाहिरियो

२ पुस ७५, मंगलबार

काठमाडौँ,पुस २

काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७ ओभर ५ बलमा मात्र पाँच विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि केभिन ओब्राएनले नटआउट ४५ रन जोडे । प्रदीप साहुले अविजित २१ रन जोडे ।

विराटनगरका पारस खड्का र भान डेर मेर्वीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १७ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै १०० रन मात्र बनाएको थियो ।

Advertisement

विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५, हरिबहादुर चौहानले २२ र कप्तान खड्काले २१ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका केभिन ओब्राएनले तीन, विक्रम भूषाल, रोहन मुस्तफा र प्रदीप साहुले दुई÷दुई विकेट लिएका थिए । जितसँगै काठमाडौँले पाँच खेलबाट आठ अङ्कसहित लिगको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ ।

काठमाडौंले अब फाइनल प्रवेशका लागि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ । ललितपुर आठ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भयो । ललितपुर र काठमाडौँबीचको खेल मङ्गलबार हुनेछ ।

विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको छ । चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ ।

चितवन र विराटनगरको पाँच खेलबाट समान चार अङ्क रहे पनि रन रेटको आधारमा चितवन अघि रहँदै प्ले अफमा पुगेको हो । इपिएलको नियममानुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् ।

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । इपिएलमा छ टोली थिए । विराटनगरसँगै पोखरा पनि समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top