दुर्घटनामा स्कुटर चालकको मृत्यु

२ पुस ७५, मंगलबार

झापा, पुस ३
झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षीय रुपेश लिम्बुको मृत्यु भएको छ ।

Advertisement

राती साढे ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको मे९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर लिम्बुको वि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको उपचारको क्रममा गए राती करिब १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top