लागूऔषध र मोटरसाईकल बरामद

लागूऔषध र मोटरसाईकल बरामद

उदयपुर, पुस ३
उदयपुरको कटारी नगरपालिका–१ बाट प्रहरीले सोमवार लागूऔषध र मोटरसाईकल बरामद गरेको छ ।

प्रहरी चौकी बेलसोत र ट्राफिक प्रहरी सहितको सवारी चेकजाँचको क्रममा मिर्चैयाबाट कटारी आउँदै गरेको को ३४ प ६८४५ नम्बरको मोटरसाईकलमा सवार रहेका १ व्यक्ति प्रहरीलाई देख्नासाथ मोटरसाईकल र झोला छाडेर भागेका थिए ।

उक्त झोला चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट–१९५ पिस, डाईलेक्स डि.सी. –३९बोतल, Cetigizine-२० पिस र Zefcort-१२ पिस बरामद गरेको हो । त्यसैगरी धनुषा नगराईन–१ बस्ने बर्ष ४० को निलेन्द्र कुमार कर्ण नाम गरेको नागरिकता समेत फेला परेको छ ।

बरामद मोटरसाईकल र लागूऔषध इलाका प्रहरी कार्यालय कटारीमा राखि थप अनुसन्धान तथा फरार व्यक्तिको खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.