तेह्रथुम, पुष १२
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले समानुपातिक विज्ञापन निति कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
तेह्रथुमको म्याङलुङ्गमा पत्रकार आचारसंहिता तथा जिल्लाका सञ्चार समस्या विषयक अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारहरुले समाचार सहि, सत्य र निश्पक्ष भएर लेख्नु पर्नेमा जोड दिए ।
पत्रकारहरुका समस्या समाधानका लागि पत्रकार महासंघ सधै लडिरहने पनि उनले बताए । यसै गरि कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रिय सदस्य खिलराज भण्डारीले पत्रकारहरुले आचार संहिता पूर्णरुपले पालना गर्नु पर्ने बताए ।