एजेन्सी,पुस ४
लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमो पराजित गर्दै म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
त्यसअघि खेलको १४औं मिनेटमा चोटबाट पुनरागमन गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनले निकोलस ओटामेन्डीको पासलाई गोलमा परिणत गरेका थिए ।७३औं मिनेटमा मार्क अलब्रिङ्टनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
पेनाल्टी सुटआउटमा इकेए गुन्डोगान, गाब्रियल जेसस र ओलेकसन्डर झिन्चेन्कोले गोल गरे ।रहिम स्ट्रलिङको प्रहार बाहिरिएको थियो । लेस्टर सिटीका ह्यारी मिगुरेले गोल गर्दा क्रिस्टियन फुच, जेम्स म्याडीसन र कग्लर सोयन्चुले गोल गर्न सकेनन् । फुचको प्रहार क्रसबारमा लागेर फर्कदा जेम्स र कग्लरको प्रहार सिटीका गोलरक्षक अरिजानेत मुरिकले बचाएका थिए ।