ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार

सिर्दीबास (गोरखा) : पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।।

Advertisement

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ।

‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ। बाजेका पालामा १८ सय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो।

Advertisement

कर तिर्ने र उठाउने त्यहीं बास बस्थे। त्यसैले ठाउँको नाम नै सिर्दीबास भयो।’ अहिले सिर्दीबासभन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय छ। कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ।

यहाँ कोही बिरामी भए कर लेनदेनमा खटपट भएर, करले पिरेर बिरामी परेको ठान्ने चलन छ। ‘पोकोभित्र नुन, चामल र पैसा राखिन्छ’, उनी भन्छन्, ‘निको भएपछि देउताको थानमा त्यो पोको चढाएर पूजा गरिन्छ।’ अर्का स्थानीयका अनुसार बाबुबाजेको पालामा सिर्दी नामको भोटेनुन बेच्ने र किन्नेहरू बास बस्ने भएकाले सिर्दीबास भनिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top