बाढीपीडितलाइ आर्थिक सहयोग

१२ पुस ७४, बुधबार

सप्तरी, पुस १२

Advertisement

गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई आज एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ ।

गत साउन २७ गतेको बाढिले घरवारविहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडित परिवारका १ सय जना बालबालिकालाई एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरिएको हो ।

Advertisement

बाढिबाट धेरै प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह लगायतका स्थानका बाढीपीडित गरीब असहाय परिवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरिएको छ ।

बालअधिकार तथा वातावरण समाज नेपाल (क्रेस नेपाल) ले युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडित परिवारलाई नगद सहयोग गरेको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top