सेयर र व्याजदर अध्ययन समितिले ५८ बुँदे प्रतिवेदन बुझायाे, ३६ बुँदा तत्काल कार्यान्वयनमा आउने

४ पुस ७५, बिहीबार

काठमाडौं ,पुस ५

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठित मुद्रा बजार र पुँजी बजारको विद्यमान समस्या समाधानका लागि गठित समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । समितिले काम सुरु गरेको १२ औं दिनमा प्रतिवेदन बुझाएको हो ।

समितिले ५८ बुँदामा प्रतिवेदन तयार पारेको छ जसमा पुँजी बजार र वित्तीय क्षेत्रका समस्याका लागि के के गर्नुपर्छ भन्ने विषय समेटिएका छन् । त्यसमध्ये ३६ बुँदामार्फत् सरकारलाई तत्काल केही कदम चाल्न सुझाइएको छ भने अन्य समस्याहरु आगामी बजेट र कानूनी व्यवस्थामार्फत् गर्न सुझाइएको छ ।

Advertisement

प्रतिवेदनमा काेर क्यापिटलकाे ४० प्रतिशत बराबर रकम सेयर कर्जामा जारी गर्न पाउने नीतिगत व्यवस्था गर्न सुझाव दिइएकाे छ । यसअघि राष्ट्र बैंकले काेर क्यापिटलकाे २५ प्रतिशत रकम मात्र सेयर कर्जा दिन सक्ने व्यवस्था गरेकाे थियाे । त्यस्तै, समितिले सेयरधितो कर्जाको सेयर मूल्यकाे ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सुझाव दिएकाे छ । समितिले कमजोर रेटिङ भएका कम्पनीहरुलाई आईपीओ, एफपीओ, हकप्रद लगायतका प्राथमिक निष्काशनहरुमा रोक लगाउने जस्ता महत्वपूर्ण सुझाव प्रतिवेदनमा समेटिएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिए।

‘वित्तीय क्षेत्रकाे स्थायित्वकाे लागि ब्याजदरको स्थिरता र शेयर बजारकाे स्थिरता र ऋणपत्र बजारकाे विकासकाे लागि हामी हामीले ५८ बुँदे तत्कालै गर्नुपर्ने देखि एक वर्षभित्र गर्नुपर्ने सुझावहरु बुझाएका छाैं’ श्रेष्ठले भने- ‘हामीले प्राथमिक क्षेत्रकाे कर्जाकाे ब्याजदर आधारदरकाे २ प्रतिशत भन्दा बढी हुन नहुने, शेयरधिताेकाे कर्जा र मार्जिन लेन्डिङलाई फरक फरक बनाउने, काेर क्यापिटलकाे ४० प्रतिशत कर्जा सीमा, त्यसमा जाेखिमकाे भार १०० प्रतिशत कायम गर्ने सुझाव दिएका छाै‌ । त्यस्तै हकप्रद वा बाेनश शेयर जारी गर्दा समायाेजित मूल्यसँगै हकप्रद वा बाेनस शेयरलाई पनि समावेश गर्ने सुझाव हामीले दियाैं, यसले गर्दा अब हकप्रद र बाेनस शेयर जारी गर्दा बैंकबाट मार्जिन कल आउँदैन ।’

Advertisement

श्रेष्ठले सुझावमा समेटिएका बुँदाहरुमध्ये राष्ट्र बैंकले गर्नुपर्ने कामहरु भाेलिदेखि नै लागु गर्न सुरु गर्ने बताए ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top