विराटनगर : निगमभित्रको बेथिति सुधार्ने प्रतिवद्धता जनाएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यालयका प्रमुख दिनेशकुमार यादवकै कारण नेपाल आयल निगमको विराटनगर डिपोमा बुधबार दिनभर लोड– अनलोड हुन सकेन ।
निगमको बार्डमा ट्रेड युनियनको तर्फबाट आमन्त्रित बोर्ड सदस्य रहेका देवी प्रसाद न्यौपाने बुधबार निगमका कर्मचारीहरुसँगको भेटघाटका लागि आएका थिए ।
न्यौपानेको स्वागत सत्कारमा यादवसहित निगमका कर्मचारीहरु दिनभर तल्लिन हुँदा इन्धन लोड– अनलोड ठप्प भएको हो । एक ट्याङ्कर इन्धन पनि लोड अनलोड नभएको ट्यांकर ब्यबसायीले बताए । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।