×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

विराट ट्रेड एक्स्पो आजदेखि सुरु हुँदै, मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने

६ पुष २०७५

विराटनगर, पुस ६
मोरङ ब्यापार संघको आयोजनामा आज देखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०१८’ सुरु हुँदैछ । प्रदेश नं १ कै सबैभन्दा ठूलो तथा अन्तराष्ट्रिय स्तरको सो विराट ट्रेड एक्स्पोको बिहान ११ बजे मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यवसाय र पहाडी जिल्लाका खनिज जन्य, कृषि जन्य र अन्य उत्पादनहरु समेत गरी २५० स्टलहरु रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए ।

Advertisement
Advertisement

एक्स्पोमा बंगलादेश, पाकिस्तान, भारत र चीनका वस्तुहरु सहित २५ वटा अन्तराष्ट्रिय स्टलहरु रहने छन् । एक्स्पो स्थल अक्टानोर्म विधिका विशिष्ट खालका स्टलहरुले सजाईने आयोजकले जनाएको छ । कलाकृतियुक्त ६५ पिट लम्बाई र ३० फिट उचाईको कमलको फुल आकृतिको प्रवेशद्धार निर्माण गरिएको छ भने विभिन्न खालका डाईनोसरसहित डाईनो वर्डपनि निर्माण गरिएको छ ।

एक्स्पोमा प्रदेश १ को पर्यटन प्रवद्धनका लागि हेलिकप्टरबाट विश्वकै पाँच उच्च हिमशिखरहरु अवलोकन गराईने मेला संयोजक अनुपम राठीले जानकारी दिए । एक्स्पोमा मनोरञ्जनका लागि उत्कृष्ट फुड कोर्ट, आकर्षक बाल उद्यान, सेल्फी जोन, राष्ट्रिय, अन्तराष्ट्रिय एवम् स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

इन्दिरा जोशी, कमल खत्री, सन्दीप क्षेत्री, मेलिना राई लगायतका राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ भने प्रिन्स डान्स ग्रुप, ग्लोडिएटर्स, पवन श्रेया, पपया कटेन, वाईल्ड रिपर्स, जादुगर कुमार जस्ता भारतीय कलाकाहरु समावेश गरिएकोे राठीले जानकारी दिए ।मेलामा विराटनगरमै पहिलोपल्ट एल.ई.डी डान्स गराईने भएको छ ।

एक्स्पो स्थलमा उच्च प्रविधियुक्त एल.ई.डी स्क्रिन जडित आकर्षक स्टेज, लाईन एरे साउण्ड सिस्टम जडान गरिएको छ । मेलामा सुरक्षा ब्यवस्था चुस्त रहने मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले पत्रकार सम्मलेनमा बताए ।

उनले जिल्ला प्रहरी कार्यालयको पूर्ण सहयोग रहेको बताउँदै सुरक्षाका लागि ४२ जना सेक्युरिटी गार्ड खटाईएको तथा १ सय वटा सिसिटिभी क्यामरा जडान गरिएको बताए ।

Advertisement
Advertisement

मेला अवधिभर स्टलहरुको कारोबार जोड्दा करिब २० करोड नाघ्ने आयोजकले जनाएको छ । एक्स्पोमा प्रवेशका लागि टिकट दर रु.६० रहेको छ । पुस १४ गतेसम्म चल्ने सो मेला बिहान १० बजेदखि बेलुका ७ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top