बिग ब्यासमा सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै

एजेन्सी, पुस ६
चर्चित अस्ट्रेलियन बिग बास लिग क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ ।

मेलबर्न स्टार्सले आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । क्यानबेरामा हुने मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

सन्दिप पहिलो खेलको अन्तिम–११ मा पर्ने पक्का

Advertisement

सन्दिपको टिम मेर्लबर्न स्टारर्सले खेल सुरु हुनु अघिल्लो दिन सन्दिप लामिछानेलाई अन्तिम–११ मा पर्न दाबेदार १३ खेलाडीको सुचीमा राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दिप सहित सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ जसमा सन्दिप पनि छन्।

Advertisement

बिगब्यास लिगमा एउटा टिमले अन्तिम– ११ मा २ जना मात्र बिदेशी खेलाडी राख्न पाउछन्। मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सुचीमा सन्दिप र वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभो मात्रै २ बिदेशी खेलाडी रहेका छन् त्यसैले सन्दिप खेल्ने पक्का मानिएको हो।

सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको सुची : ग्लेन म्याक्सवेल (कप्तान) , माइकल बियर, स्कट बोलान्ड, ड्वेन ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस सन्दिप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा

सन्दिपको टिमले आफ्नो वेबसाइटमा सन्दिप लामिछानेलाई टिमको लागि डेब्यु गर्ने पांच खेलाडीको सुचीमा पनि राखेको छ। सुचीमा सन्दिप सहित ड्वेन ब्राभो, ट्रेभिस डिन, निक लार्किन र लान्स मोरिस रहेका छन्।

बिग ब्यास लिगमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरि ८ टिम रहेका छन्।

राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राईकरले जितेको थियो भने पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ३ पटक उपाधी कब्जा गरेको छ। सन्दिपको टिम मेलबर्नले प्रतियोगिता अन्तर्गत यसअघि भएका ६ वटा संस्करणमा निरन्तर उत्कृस्ट प्रदर्शन गर्दै आएको थियो।

त्यो समयमा उसले ५ पटक सेमिफाइनलमा स्थान बनाएको थियो भने १ पटक उपबिजेता बन्न सफल भएको थियो। तर पछिल्लो (सातौँ) संस्करणमा भने खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो।

यस्तो छ मेलबर्न स्टार्सको खेल तालिका

ब्यास लिगमा सन्दिपले ६०–७० हजार डलर पाउनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top