विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढ्यो

विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढ्यो

विराटनगर, पुस ६
विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढेको छ ।

मंगलबार राती भएको बर्षापछि तराईका ठाउँहरुमा विहानैदेखि बाक्लो हुस्सु र चलेको शितलहरले चिसो बढेको हो ।

चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । चिसोका कारण मानिसहरुको आवतजावत पनि कम हुन थालेको छ ।

 

चिसोकै कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, हाडजोर्नी, निमोनिया लगायतका बिरामीको चाप बढन थालेको छ ।

विराटनगरको आज बिहानको तापक्रक ११.८ डिग्री सेल्सियस रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.