जितसँगै लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

जितसँगै लिभरपुललाई शीर्षस्थानमा ४ अंकको अग्रता

एजेन्सी, पुस ७
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मर्सिसाइड क्लब लिभरपुलले चार अंकको अग्रता लिदै उपाधि दावेदारिता थप बलियो बनाएको छ ।

प्रिमियर लिगअन्तर्गत वल्भ्सको मैदानमा शुक्रबार राति भएको खेलमा वल्भ्सलाई २–० ले पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानाको म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको हो ।

लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ ।  सिटीले आज राति क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।

लिगमा अपराजित रहेको लिभरपुलको १८ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ४४ अंक छ । सिटीले लिगमा एक खेलमा हार बेहोरेको छ ।

खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाहले उच्च प्रदर्शन गरे । उनले एक गोल गर्नुका सार्थ अर्को गोलको लागि अवसर सिर्जना गरिदिए । खेलको १८औं मिनेटमा मोहम्मद सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

जारी सिजन सलाहको यो १४औं गोल हो । ६८औं मिनेटमा सलाहकै पासमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । यो जितसँगै लिभरपुल नयाँ वर्षसम्म प्रिमियर लिगको शीर्ष स्थानमा रहने पक्का भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.