विराटनगर, पुस ७
मोरङलाई कार्य क्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गरिरहनु भएका पत्रकार ध्रुव भट्टराईको संयोजकत्वमा नेपाल आर्थिक पत्रकार संघको प्रदेश नं १ तदर्थ समिती गठन गरिएको छ ।
नेपाल आर्थिक पत्रकार संघका केन्द्रिय अध्यक्ष सिताराम भट्टराईको उपस्थितीमा विराटनगरमा शनिबार सम्पन्न भेलाले प्रदेश नम्बर १ को महासभा आयोजक समितीको समेत कार्यभार रहनेगरी तदर्थ समिती गठन गरेको हो ।

समितीको सदस्यमा किशोर विश्वकर्मा, हरि अधिकारी, सोनुकुमार दास, टेकराज बन्जरा, अब्दुल खत्ताब(सैहेन्शा),अंकिता कट्टेल र उषाकिरण घिमिरे रहेका छन् । आगामी माघको दोस्रो हप्ताभित्र सम्ममा प्रदेश नम्बर १ को महासभा आयोजना गर्ने भेलाले निर्णय गरेको छ ।
