एमबाप्पेको गोलमा नान्टेसमाथि पीएसजीको जित

७ पुस ७५, आइतबार

एजेन्सी,पुस ८
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा नान्टेसलाई १–० ले पराजित गरेको छ ।

Advertisement

घरेलु मैदानमा शनिबार राति भएको खेलमा युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलमा पेरिस सेन्ट जर्मेनले जित निकाल्न सफल भएको हो ।

एमबाप्पेले खेलको ६८औं मिनेटमा एकमात्र गोल गरेका थिए । उनले डि मारियाको पासमा बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलभर नै पीएसजीले नान्टेसविरुद्ध दवाव सिर्जना गरेपनि थप गोल निस्कन सकेन ।

Advertisement

जितपछि अपराजित रहेको पीएसजीले १७ खेलबाट ४७ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लिलेसँग १३ अंकको अग्रता बनाएको छ । पराजित नान्टेस २० अंक जोडेर १४औं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top