२५ लाख अवैध रकम सहित २ भारतीय विराटनगरबाट पक्राउ

Share this
700shares

विराटनगर, पुस ९
भारतबाट लुकाछिपाई नेपाल तर्फ ल्याइदै गरिएको अवैध करिब २५ लाख रकमसहित २ भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारत विहार राज्य अररिया जिल्ला फारविसगन्ज वडा नं ९ नया टोलका बर्ष २८ का सनोजकुमार साह र सोही स्थानका बर्ष ५० की शुशिला देवी गुप्ता साहलाई पक्राउ गरेको हो ।

Advertisement

आइतबार विहान ११ बजे स्थानीय रोडशेष चोकमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ आउदै गरेको भारतीय नम्बर बिआर ३८ एच ६१४२ नम्बरको कालो रंगको मारूती सुजुकी कार चेकजाँच गर्ने क्रममा कारको पछाडीको डिकीको भागमा झोला भित्र लुकाई छिपाई राखेको बिभिन्न दरको रकम पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले २४ लाख १५ हजार ९ सय २४ रुपैया नेपाली र ४ हजार ९ सय भारतीय रुपैयासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्रकाउ परेको रकमसहित २ भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान पूर्वान्चल क्षेत्रीय कार्यालय, ईटहरी पठाईएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

सरकारले भारतीय २ सय देखि २ हजारसम्मका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा भारतीय ठूला नोटको कारोवार बन्द भएको समयमा २५ लाख अवैध रकमसहित भारतीय नागरिक पक्राउ परेका हुन । प्रहरीले भने बरामद रकम हुण्डी कारोबारका लागि विराटनगर ल्याइएको हुनसक्ने अनुमान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top