×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

प्रदेश १ मा गोलभेडा निर्यात, ‘टोम्याटो पाउडर’ आयात

९ पुष २०७५

विराटनगर,पुस ९
नेपालमा व्यवसायिक खेतीको प्रचलन बढेसंगै उत्पादन वृद्धि भएका कारण प्रदेश नं एकबाट चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको गोलभेडा भारत निर्यात भएको छ ।

भारत गोलभेडा निर्यात हुनेक्रम देखिएपनि भारतबाट बार्षिक ३४ करोड ४७ लाख मुल्य बरावरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात भएको छ ।अहिले पनि भारत लगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेष्ट र टोम्याटो सस’को आयात भइरहेको छ ।

Advertisement
Advertisement

जसका कारण प्रदेश नं एकमा उत्पादित काँचो गोलभेडाले बजार पाउँन सकेको छैन ।कतिपय अबस्थामा भारतले नेपालमा उत्पादित गोलभेडा निर्यातमा विभिन्न बहानामा रोक लगाउने क्रम अझैपनि भईरहेको छ । भारत तर्फ गोलभेडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचिमा सूचिकृत नभएको भन्दै भारतले गोलभेडा रोक लगाएको थियो ।

प्रदेश सरकारको प्रयत्नबाट तत्कालकालागि गोलभेडा निकासी खुलेपनि दिर्घकालिन रुपमा भने समस्या समाधान भइसकेको छैन । नेपालमा उत्पादन भएको गोलभेडा पहिलो पटक मेची भन्सार भएर भारत निर्यात भएपनि उत्साहित हुनुपर्ने अवस्था भने छैन ।प्रदेश नं एकमा सस उत्पादनकालागि भनेर खोलिएका उद्योगहरु धेरै छन् ।

उनीहरुले ठूलो परिमाणमा गोलभेडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन । स्थानीय कृषि उत्पादनमा आधारित भनेर खोलिएका त्यस्ता उद्योगहरुले स्थानीय उत्पादन खरिद नगरेपछि किसानहरुले उचित बजार पाउन सकेका छैनन् ।

अचार र सस् उत्पादनमा नेपालमै नाम चलेको उद्योग रिजाल टाँसीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताए । एउटा सस् बनाउने उद्योग रिजाल टासीले वार्षिक ७० हजार किलो टमाटरको सस बजारमा खपत गर्दै आएको छ ।

प्रदेश नं एक काँचो गोलभेडामा आत्मानिर्भर
काँचो गोलभेडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भए देखिएको छ ।कुल उत्पादनको ८९ सय प्रतिशत काँचो टमटर प्रदेश नं एकमा उत्पादन हुने देखिएको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको तथ्याङ अनुसार नेपालमा कुल १० हजार ७७५ हेक्टर क्षेत्रमा काँचो गोलभेडा हुने गरेको छ । बार्षिक १ लाख ५५ हजार ८८ मेट्रिकटन काँचो गोलभेडा उत्पादन हुने गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं एकका वरिष्ठ कृषि बिकास अधिकृत बद्री दाहालका अनुसार प्रदेश नं एक काँचो गोलभेडा उत्पादनमा अन्य प्रदेश भन्दा अगाडी रहेको छ । प्रदेश नं एकमा मात्र ४ हजार ५ सय ५९ हेक्टरमा गोलभेडा खेती हुदै आएको छ ।जसमा कुल बार्षिक उत्पादन भने ९४ हजार ४६६ मेट्रिकटन उत्पादन रहेको छ ।

प्रदेश नं एकमा सबै भन्दा वढी धनकुटा जिल्लामा मात्र १३ सय ७५ हेक्टरमा लगाइएको गोलभेडा खेतीले बार्षिक ४७ हजार ७५० मेट्रिक टन गाmेभोडा उत्पादन हुन गरेको छ । मन्त्रालयका अनुसार प्रदेश नं एकको तराई,तथा भित्री मधेसका साथै मध्यवर्ती पहाड क्षेत्रमा गोलभेडाको खेती हुने गरेको छ । तरपनि गोलभेडाबाट सस बनाउने उद्योगहरुले अहिलेपनि अर्धप्रशोधित टोम्याटो डष्ट, पेष्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।

निर्यात भन्दा आयात बढी
मेची भन्सार भएर यो वर्षदेखि गोलभेडा भारत तर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय किलो ग्राम गोलभेडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ५ लाख ४ हजार किलोग्राम भारत निर्यात गरेको जनाएको छ । सोही भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ६ करोड ४५ लाख रुपियाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको थियो ।

तयारी सस ४ हजार ५ सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्यालले जानकारी दिए । यस्तै विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ४ करोड ७२ लाख रुपियाँ बराबरको ४ लाख ९८ हजार ३ सय २७ किलो टोम्याटो पाउडर आयात भएको थियो । अघिल्लो वर्ष विरगंज भन्सार नाकाबाट २३ करोड रुपियाँ बराबरको गोलभेडा पाउडर आयात भएको विरंगंज भन्सार कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ध्यान आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड
प्रदेश सरकारले प्रदेश नं एकमा नै ठूलो परिणाममा काँचो गोलभेडा उत्पादन भएपनि उचित बजार नपाएपछि गोलभेडाको बजारीकरणको लागि आन्तरिक उद्योग स्थापना गर्ने योजना बनाएको छ । भारत तथा तेश्रो मुलुकबाट कार्षिक रुपमा ठ्ुलो परिणममा सस् तथा पाउडर विस्थापित गर्ने योजना सहित सस उद्योगहरुले आफ्नै कच्चा पदार्थ प्रयोग गर्ने वातावरण तयार पार्न सरकारले गृहकार्य शुरु गरेको हो ।

Advertisement
Advertisement

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले विदेशबाट आयात हुने सस्को परिमाण घटाउन आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड दिएर गोलभेडा नेपाली बजारमा नै खपत गर्ने तर्फ सरकारको ध्यान रहेको बताए । सस् तथा पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्न सके गोलभेडाको व्यवसायिक खेती प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top