विराटनगर, पुस ९
विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तीन दिने तालिमको आयोजना गरिएको छ ।
प्राविधिक शिक्षाको महत्व बढ्दै गएको समयमा प्राविधिक शिक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संगठन क्याम्पस इकाईले WEB Workshop को आयोजना गरेको हो ।
सहभागीहरुलाई निड टेक्नासफ्टका गोपाल घिमिरेले तालिम दिएको महेन्द्र मोरङ ने.वि.संघ प्रतिनिधि मोहम्मद तनवीरले बताए । पुस ११ गतेसम्म चल्ने सो तालिमको पहिलो दिन बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।