महेन्द्र मोरङका विद्यार्थीहरुका लागि नेविसंघको तालिम

महेन्द्र मोरङका विद्यार्थीहरुका लागि नेविसंघको तालिम

विराटनगर, पुस ९
विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तीन दिने तालिमको आयोजना गरिएको छ ।

प्राविधिक शिक्षाको महत्व बढ्दै गएको समयमा प्राविधिक शिक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संगठन क्याम्पस इकाईले WEB Workshop  को आयोजना गरेको हो ।

सहभागीहरुलाई निड टेक्नासफ्टका गोपाल घिमिरेले तालिम दिएको महेन्द्र मोरङ ने.वि.संघ प्रतिनिधि मोहम्मद तनवीरले बताए । पुस ११ गतेसम्म चल्ने सो तालिमको पहिलो दिन बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.