सगरमाथा इन्स्युरेन्सले ल्यायो ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड

सगरमाथा इन्स्युरेन्सले ल्यायो ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड

विराटनगर,पुस १०
सगरमाथा इन्स्युरेन्स कम्पनीले आजदेखि प्रदेश १ मा ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ ।

उपत्यकामा यसअघि नै सञ्चालनमा रहेको सो कार्ड आजबाट विराटनगरबाट नै वितरण गर्न सुरु गरेको छ ।

सवारी साधन को बीमालाई लक्षित गरी ल्याईएको सो कार्डले सवारी साधनको सम्पुर्ण बीमा प्रमाणको काम गर्ने सगरमाथा इन्स्युरेन्स कम्पनी विराटनगर शाखाका शाखा प्रबन्धक नारायण गौतमले जानकारी दिए ।

टोल फ्री नम्बरमा फोन गरि दुर्घटनाको जान्कारी गराइ ओन दि स्पोट सेवा लिन सकिने समेत उनले बताए । उक्त कार्डमा रहेको टोल फ्री नम्बर हप्ताहको ७ दिन २४ घन्टा नै सुचारु रहन्छ । उक्त सेवाका लागि अतिरिक्त बीमा शुल्क नलाग्ने बताइएको छ ।

उक्त ‘भीआईपी अन द स्पोट’ अन्तर्गत पर्ने बीमा दाबी सरल प्रकृया द्वारा तुरुन्त भुत्तानी हुने समेत उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.