×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

सन् २०१८ नेपाली क्रिकेटका लागि ऐतिहासिक र सफल बर्ष, यी ५ उत्कृष्ट क्षण

११ पुष २०७५

काठमाडौं,पुस ११

 सन् २०१८ नेपाली क्रिकेटका लागि एक ऐतिहासिक र सफल बर्षका रुपमा सकिँदैछ । डिभिजन २ बाट सुरु भएको नेपालको यात्रा वान डे अन्तर्राष्ट्रियमा डेब्यूसम्म पुग्यो ।

Advertisement

टोलीका रुपमा त नेपाल सफल भयो नै युवा स्पिनर सन्दीप लामिछानेको आईपीएल देखी बिग ब्यास सम्मको अन्तर्राष्ट्रिय व्यवसायिक यात्राले पनि नेपाली क्रिकेट जगतलाई विशेष क्षण दियो । दुर्भाग्यवश नेपाल क्रिकेट संघ ( क्यान) आईसीसीलेको निलम्बनबाट यस वर्ष पनि फुकुवा हुन सकेन । नामिबियामा फेब्रुअरीबाट डिभिजन २ प्रतियोगिता खेल्दै सन् २०१८ को सुरुवात गरेको नेपालले अक्टोबारमा मलेसियामा सम्पन्न आईसीसी विश्व टी–२० एसिया ‘बी’ को च्याम्पियन हुँदै समाप्त गर्यो ।

समग्रमा २०१८ मा नेपाली क्रिकेट टिमका ५ उत्कृष्ट क्षण यस्ता रहे:

क्यानडाविरुद्ध नाटकीय जित

सन् २०१८ को फेब्रुअरीमा आईसीसी डिभिजन २ नामिबियामा चलिरहेको थियो । नेपालसहित यूएई, क्यानडा, नामिबिया, केन्या र ओमान सहभागि रहेको प्रतियोगिताको शीर्ष दुई टोली जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न पाउँथे । आईसीसी विश्व क्रिकेट च्याम्पियनसिप लिग २०१५–१७ मा शीर्ष चारमा पर्न नसकेपछि घटुवा हुँदै नेपाल डिभिजन २ मा पुगेको थियो ।

नेपालले सुरुवाती चार खेलमा ३ मा जित र १ मा हार बेहोरेपछि क्यानडासँगको खेलनै अघिल्लो चरण निर्णायक हुने अवस्थामा पुग्यो । क्यानडासँग हारे नेपाल डिभिजन २ मा रहेर चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेट अन्धकारतर्फ धकेलिने निश्चित थियो । जुन मार्गमा नेपाल जान चाहाँदैनथ्यो । गर वा मर अवस्थामा टस हारेर ब्याटिङ्ग थालेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाउन सक्यो । १ सय ९५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल ४३ ओभमा १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएर हारनजिक पुग्यो । जुन अवस्थामा नेपाललाई जितको लागि ५१ रन आवश्यक थियो ।

अन्तिम विकेटका रुपमा क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए । दुवै बलर भएकोलेपनि उक्त लक्ष्य पुरा गर्नेमा कुनै आसा थिएन । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण फ्यान, शुभचिन्तकले मात्र होइन ड्रेसिङ रुममा रहेका खेलाडी र प्रशिक्षकले पनि जितको आसा मारिसकेका थिए । बाउन्ड्री (चौका) लाइन भन्दा बाहिर क्यानडाका खेलाडी जितको खुसि मनाउन सुरु गरिसकेका थिए ।

तर करणले जादुमय नाटकीय ब्याटिङ गर्दै नेपाललाई अन्तिम बलमा एक विकेटको सनसनिपूर्ण जित दिलाए र जिम्बाबेमा हुने विश्वकप छनोटको लागि टिकट पनि पक्का गरे । २०१८ मात्र नभएर सधैं भरी यो नतिजा अविस्मरणीय र विश्व क्रिकेटमा पनि उदाहरणीय बनिरहने छ ।

वान डे मान्यता

डिभिजन २ मा शीर्षस्थानमा रहेर एकदिवसिय विश्वकप खेल्न नेपाल मार्चमा जिम्बाबे भ्रमणमा निस्कीयो । छनोट खेल्न जाने जो कोहि टिमको सपना विश्वकप खेल्ने हुन्छ तर नेपालको उद्देश्य विश्वकप नभएर वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गर्नु थियो । नेपाली क्रिकेटलाई थुप्रै सुनौला अवसर प्राप्त गर्न जसरी पनि खेलाडी ओडीआई मान्यता दिलाउने सोचमा थिए । १० देश सहभागीता रहेको उक्त प्रतियोगिताबाट शीर्ष दुई टोली इंग्ल्यान्डमा हुने वान डे विश्वकप खेल्न पाउँथे ।

वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्यान्ड जस्ता टेस्ट राष्ट्रका अगाडी नेपाल विश्वकप खेल्छ भन्नु पनि एकादेशको कथा जस्तै थियो । पहिलो खेलमै नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भयो । स्टकल्यान्डसँग ४ र अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको अघिल्लो चरणको ढोका लगभग बन्द भईसकेको थियो । सास हुन सम्म आस राख्नु भने जस्तै हङकङले नाटकीय रुपमा अफगानिस्तानलाई ३० रनले हराएपछि नेपालको झिनो अंक गणितीय आसा पुन पलायो ।

अन्तिम खेलमा हङकङलाई फराकिलो अन्तरले पराजित गर्न सके नेपालको सुपर सिक्सको झिनो अंक गाणितीय संभावना कायमै देखिन्थ्यो । फराकिलो जित निकाल्न नसकेपनि ५ विकेटले पराजित गर्दै वान डे मान्यताको आसा भने कायमै राख्यो । नेपालको जितले अफगानिस्तानको भाग्य चम्कियो र सुपर सिक्समा प्रवेश गर्यो । प्ले अफमा पप्पुवान्युगिलाई पराजित गरे र उता नेदरल्यान्डले हङकङलाई हराए नेपालले सोझै चार वर्षको लागि वानडे मान्यता पाउथ्यो । नतिजा पनि नेपालकै पक्षमा आयो ।

नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले हराउँदा हङकङ नेदरल्यान्डसँग ४४ रनले पराजित भयो र नेपालले मार्च १५ मा पहिलो पटक चार वर्षको लागि वान डे मान्यता प्राप्त गर्दै इतिहास रच्न सफल भयो । इतिहास मात्र होइन नेपालको सपना पनि पुरा भयो । सन् २०१८ मार्च १५ नेपाली क्रिकेटको लागि यस वर्षको लागि सबै भन्दाबढि खुसी र अविस्मरणीय क्षण हो । यद्यपी क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा नेपालले वान डे मान्यता कतिसम्म सदुपयोग गर्न सक्छ भन्ने चिन्ता थपिएको छ ।

रोमांचक ओडीआई सिरिज डेब्यू

मार्चमा वान डे मान्यता पाएको नेपालको डेब्यू भने अगस्ट १ मा नेदरल्यान्डसँग गर्यो । डेब्यू खेलमै नेपाल ५५ रनले पराजित भयो । १ सय ९० रनको लक्ष्य पक्ष्याएको नेपाल १ सय ३४ रनमा समेटियो । अगस्ट ३ मा भने दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्डमाथि १ रनको रोमान्चक जित निकाल्दै पहिलो वान डे जित आत्मसात गर्न सफल भयो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले पारस खड्का ५१ र सोमपाल कामीले ६१ रन बनाएपछि निर्धारित ५० ओभरमा २ सय १६ रन बनाउदै नेदरल्यान्डसामु मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा २ सय १७ रनको लक्ष्य पक्ष्याएको नेदरल्यान्ड्सलाई ५० ओभरमा २ सय १५ रनमा रोक्दै नेपालले रोमान्चक जित निकालेको थियो । अन्तिम ओभरमा ६ रन चाहिँएको अवस्थामा कप्तान पारस खड्काले ५ रन खर्चेर फ्रेड क्लासेनलाई अन्तिम बलमा रन आउट गर्दै जित दिलाए । जुन २०१८ मा नेपाली क्रिकेटका लागि उत्कृष्ट क्षण हो ।

लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डबीचको त्रिकोणात्मक टी-२० श्रृंखला

जो कोही क्रिकेट खेलाडीलाई पनि लर्ड्समा खेल्ने इच्छा र सपना हुन्छ । त्यसमा पनि एसोसिएट राष्ट्र र खेलाडीले लर्ड्समा बिरलै मात्र खेल्न पाउछन् । हुन त नेपालका लागि लर्ड्स नौलो भने थिएन । सन् २०१६ मा नेपालले पहिलो पटक लर्ड्समा खेलिसकेको थियो । जुलाई २९ मा वर्षाले प्रभावित खेलमा नेपाल र एमसीसीबीचको खेल ६ ओभरमा झारियो । उक्त खेलमा नेपालले एमसीसीलाई ९ विकेटल पराजित गर्यो ।

दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्डले १६.४ ओभरमा १ सय ७४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा वर्षा खेल रोकियो । लामो समयको प्रतिक्षा र फेरी खेल सुरु हुन लागेको बेला पानी पर्न थालेपछि खेल रद्द भएको थियो । खेल वर्षाले प्रभावित बनेपनि नेपाली क्रिकेट, खेलाडी, समर्थक र शुभचिन्तकलाई भने २०१८ यो श्रृंखला ऐतिहासिक क्षण बन्न पुग्यो ।

आईसीसी विश्व टी-२० एसिया क्षेत्र छनोट ‘बी’ च्याम्पियन

उपाधि भनेको उपाधि नै हो । चाहे त्यो सानो होस वा ठूलो । २०१८ अक्टोबरमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा जितेको उपाधिनै आईसीसी वोल्ड टी २० एसिया रिजन क्यालिफायर बी हो । तुलानात्मक रुपमा नेपालले क्रिकेट खेल्ने भन्दापनि सिकाउने जस्ता देशसँग प्रतिस्पर्धा गरेको प्रतियोगितामा सिंगापुर, मलेसिया, भुटान, म्यानमार, चीन र थाइल्यान्डलाई पछि पार्दै च्याम्पियन बनेको थियो ।

Advertisement

प्रतिस्पर्धी टोली अनुसार नेपालले उपाधि जित्नु कुनै ठूलो कुरा भने थिएन । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको पहिलो खुड्किलोको रुपमा हेरिएको उक्त प्रतियोगिता जित्दै २०१८ को अन्त्य गर्नु नेपाली क्रिकेटको लागि २०१८ को सुखद बिदाई रहयो ।(हाम्रो खेलकुद)

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top