विराटनगर, पुस १२
जलवायु परिवर्तनका लागि युवाहरुको सञ्जाल (एन.वाइ.सि.ए) र बिराटनगरीको आयोजनामा विराटनगरमा आजदेखि जलवायु परिवर्तन सम्बन्धी छैँटो राष्ट्रिय युवा सम्मेलन हुँदैछ ।
युवाहरुलाई जलवायु परिवर्तन सम्बन्धी जनचेतना दिने तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा युवाहरुलाई सहभागी गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम विराटनगरको होटल प्यासिफकमा पुस १४ गतेसम्म चल्ने छ ।
यु.एन डी.पी र स्वच्छ उर्जा नेपालको सहयोगमा हुन लागेको सो कार्यक्रम बिराटनगर महनगरपालिकाको मेयर भिम पराजुलीले उद्घाटन गर्ने तय भएको आयोजकले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
छैँटो सम्मेलनमा नेपालका सात वटै प्रदेशका एक सय युवाहरुलाई एकैठाउँमा भेला गराएर जलवायु परिवर्तन न्युनिकरणमा युवाहरुको भुमिका तथा क्षमता अभिवृद्धि सम्बन्धमा छलफल तथा अन्तक्रिया गरिने जनाईएको छ ।
देशका सातै प्रदेशमा जलवायु परिवर्तनको असर न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै यस सञ्जालले सन् २००८ देखी ५ वटा राष्ट्रिय स्तरका सम्मेलन सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।सञ्जालले सम्मेलनबाट ४०० भन्दा बढी युवाहरुको क्षमता अभिवृद्धिसँगै व्यक्तित्व विकासमा मदत पु¥याउदै आएको छ ।