एकैदिन १७ जना पक्राउ

एकैदिन १७ जना पक्राउ

विराटनगर,पुस १२
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी मुद्धाका ३ जना, केही सार्वजानिक अपराध मुद्धाका ८ जना, जारी मुद्धाका २ जना, सवारी ज्यान मुद्धाका २ जना र गाली बेईज्जत मुद्धाका फरार प्रतिवादी २ जनालाइ गरी कुल १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.