बिग ब्यास : सन्दीपको घातक बलिङ, मेलबर्नकाे पहिलाे जित

१२ पुस ७५, बिहीबार
Share this
773shares

एजेन्सी, पुस १२
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले बिग ब्यासमा आफ्नो तेस्रो खेलमा पनि घातक बलिङ गरेका छन् । सिड्नी सिक्सर्सबीरुद्ध सन्दीपले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् ।

Advertisement

सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारका लागि सातौं ओभरमा आफ्नो पहिलो बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा ४ रन मात्र खर्चिए ।

त्यस्तै ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ विकेट लिदै पुन ४ रन खर्चिए ।सन्दीपले ८.२ ओभरमा सिड्नीका कप्तान समेत रहेका मोइशेस हेनरिकलाई ९ रनमा एलि डब्लू आउट गरे ।

Advertisement

सन्दीप आफ्नो तेस्रो स्पेल लिएर १२ औं ओभरमा बलिङ गर्न आएका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले टम कुरेनलाई २ रनमा एली डब्लू आउट गर्दै पेभेलियन फर्काए । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।

१४ औं ओभरमा सन्दीपले दुई लेग वाई सहित ९ रन खर्चदै आफ्नो स्पेल सकाए । सन्दीपले यस ओभरमा एक चौका खाएका थिए । आजको दुई विकेट सँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।

Advertisement

खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई ५ विकेट हरायो । सिड्नीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३० रन बनायो । जवाफमा मेलबर्नले १४ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसको जितमा पिटर ह्यान्डसकोपले ७० तथा लार्किनले २० रन बनाए ।यो नै सन्दीपको टिमको पहिलो जित हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top