×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराट ट्रेड एक्स्पो सकियो : डेढ लाखले गरे अवलोकन,२२ करोडको कारोबार

१४ पुष २०७५

विराटनगर,पुस १४
मोरङ ब्यापार संघले विराटनगरमा पुस ६ गतेदेखि आयोजना गरेकोे विराट ट्रेड एक्स्पो २०१८ को आज समापन भएको छ । विराटनगरको शंकरापुर मार्गमा आयोजना गरेको एक्स्पोको मोरङ ब्यापार संघले औपचारिक कार्यक्रम गरी समापन गरेको हो ।

आम उपभोक्ता र उत्पादकलाई एकै ठांउमा जमघट गराउन सफल भएको आयोजकको दावी छ । नौ दिनमा एक्स्पोले २२ करोड भन्दा बढीको कारोबार गरेको तथा एक्स्पोमा १ लाख २५ हजारभन्दा बढी मानिसहरुले भ्रमण गरेको मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले बताए ।

Advertisement
Advertisement

उनले एक्स्पोमा आउने बालबालिका, अपाङ्गता भएका,ज्येष्ठ नागरिकलाई विभिन्न कुराहरुमा छुट तथा सहुलियत प्रदान गरेको बताए । यसपटकको विराट एक्स्पो भव्यरुपमा सम्पन्न भएको बताउँदै सरकारले यस्ता ब्यापारिक मेलाको लागि जग्गाको ब्यबस्था गर्नुपर्ने उनले बताए । सारडाले जग्गा उपलब्ध गराईदिन माग गर्दै भने ‘१५ जनाको जग्गा लिएर यसपटकको एक्स्पो गरेका छौँ अर्को पटक कता हुन्छौँ थाहा छैन ।’ उनले तीन तहका सरकारले नै ब्यापारीहरुबाट चर्को कर उठाउँदै आएको भन्दै आफुहरु तीन तहको सरकारको चेपुवामा परेको गुनासो गरे ।

एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सरकारको समृद्ध नेपाल सुखि नेपालीको नारामा व्यापारीहरुको भूमिका महत्वपूर्ण रहनेमा विश्वस्त रहेको बताए । उनले सफलता पूर्वक एक्स्पो सञ्चालन गरेकोमा मोरङ ब्यापारसंघलाई बधाई पनि दिएका थिए ।

त्यस्तै सांसद महेशजंग रायमाझीले मोरङ ब्यापारसंघले अन्य थुप्रै देशका ब्यक्तिहरुलाई आमन्त्रण गरेर मोरङमा ठूलो महोत्सव लगाउन सक्ने क्षमता रहेको देखाएको बताए । कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेतले आफु मन्त्री हुँदा सक्दो प्रयास गरेको बताउँदै उद्योगी ब्यापारीहरु गुनासा सरकारसामु राख्ने बताए ।

समापन समारोहमा बोल्दै मेला संयोजक अनुपम राठीले मेलामा उत्साहजनक सहभागिता रहेको र आज सहित डेढ लाख मानिसले अवलोकन गर्ने अनुमान रहेको जानकारी दिए । उनले मेला सफल पार्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ र पुर्व मन्त्री महेश बस्नेतलाई मोरङ ब्यापार संघले मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै एक्स्पो सफल बनाउन सहयोग गर्ने, विभिन्न क्षेत्रका ब्यक्ति, कर्मचारी, अफिसियल पार्टनर, विद्यालय लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा मेलाका उत्कृष्ट दुई स्टललाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । एक्स्पोको औपचारिक रुपमा समापन भएपनि आजका कार्यक्रमहरु यथावत् सञ्चालन हुनेछन् ।

आज अन्तिम दिन हास्यकलाकार मनोज गजुरेल, गायक एड्रिन प्रधान लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने फेशन शोको पनि आयोजना गरिएको छ । मोरङ ब्यापार संघ मुख्य आयोजक रहेको मेला लाई सफल बनाउन प्रदेश १ का सम्पुर्ण मन्त्रालयहरु,कृषि ब्यवसाय प्रर्वद्धन कार्यक्रम,नेपाल पर्यटन बोर्ड,नेपाल उद्योग वाणिज्य महासंघ,विराटनगर महानगरपालिका तथा उद्योग संगठन मोरङ लगायतका संघसंस्थाहरुले समेत प्रर्वद्धन एवम सहयोग गरेका छन ।

Advertisement

एक्सपोको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पौष ६ गते उदघाटन गरेका थिए । एक्स्पोमा अटोमोबाइल्स,सूचना प्रविधि,विद्युतिय उपकरण र निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रबिधिका स्टलहरु राखिएका छन । यस्तै जडिबुटि तथा कृषि उत्पादन,हस्तकला तथा घरेलु उद्योगका उत्पादन,गार्मेन्ट तथा स्वदेशी उद्योगमा निर्मित जुत्ता चप्पलका स्टलहरु समेत राखिएकाछन । एक्स्पोमा राखिएका स्टलहरुमा भारत,पाकिस्तान र बंगलादेशमा उत्पादित सामाग्रिका साथै एकमा फल्ने फलफुल,चिया र अलैची लगायतका स्थानिय उत्पादलाई विशेष महत्वका साथ प्रदर्शन र प्रर्बधन गरिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top