प्रधानमन्त्री ओलीका सल्लाहकारको दादागिरी : नियमविपरीत चिनियाँ कम्पनी ‘हुवावे’लाई ठेक्का

प्रधानमन्त्री ओलीका सल्लाहकारको दादागिरी : नियमविपरीत चिनियाँ कम्पनी ‘हुवावे’लाई ठेक्का

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको समाचार आजको नागरिक दैनिकले छापेकाे छ ।

समाचारकाे अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले हुवावेलाई यो ठेक्का दिएको हो।

सार्वजनिक खरिद ऐन र नियमविपरीत यही पुस ६ गते हुवावेको बिचौलिया कम्पनीसँग सोझै वार्ता गरेर यो ठेक्का दिइएको हो।

हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस) ले ५ करोड ४२ लाखमा ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का पाएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बताएकाे  छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.