प्रदेशमा २४ घण्टामा ७ सय २४ वटा सवारी साधनलाई कारबाही

१५ पुस ७५, आइतबार
Share this
787shares

विराटनगर, पुस १५

Advertisement

प्रदेश १ का विभिन्न जिल्लामा शनिबार बिहानदेखि आईतबार बिहानसम्मसवारी नियम उल्लंघन गर्ने ७२४ सवारीसाधन कारबाहीमा परेका छन् ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १० जना, विना हेल्मेट मोटरसाईकल चलाउने ७ जना, छतमा लगेज १ जना र क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९१ जना कारबाहीमा परेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

त्यस्तै सवारी चालक अनुमति पत्र नभएका ४४ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २३ जना, जथाभावी पार्किङ्ग गर्ने २८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको २८ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको २० जना, सुरक्षा पेटी नबाधेको ११ जना, कागज पत्र साथमा नराखेको १६६ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना कारबाहीमा परेका छन् ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ५० जना,तिब्र गतिमा सवारी चलाएको ३ जना, हर्न निषेधमा हर्न बजाएको ७ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३० जना, लापरवाही साथ सवारी साधन चलाएको १४१ जना र विना रुट परमिट सवारी साधन चलाएको ४ जना गरी जम्मा सात सय चौबिस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top