विराटनगर,पुस १५
लायन्स क्लब अफ विराटनगर इनोभेटिभले विराटनगरस्थित पोखरीया उच्च माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानीकालागि उपकरण जडान गरिदिएको छ ।
इनोभेटिभले विराटनगर १ मा रहेको सो विद्यालय परिसरमा आर ओ प्रबिधिको स्वच्छ खानेपानी फिल्टरिङ मेशिन जडान गरिदिएको हो । विद्यालय परिसमा जडान गरिएको फिल्टरिङ मेशिनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उदघाटन गरे ।
सो क्लबकी डाइरेक्टर पुनम गिरिले आफ्ना स्वर्गिय पिता गणेशप्रसाद गिरिको ९१ औं जन्मजयन्तिको अवसर पारेर विद्यालय परिसरमा सो उपकरण जडान गरिदिएकी हुन ।
कुल ३ लाख १२ हजारको लागतमा अत्याधुनिक प्रबिधिको वाटर फिल्टरिङ मेशिन जडान गरिएको आयोजक क्लबकी अध्यक्ष मेनुका भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा पोखरिया उच्च माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले फिल्टरिङ मेसिन जडान भएपछि विद्यालयमा अध्ययनरत १७ सय बढी विद्यार्थी र शिक्षक लाभान्वित हुने बताए ।