एकै दिनमा १९ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, पुस १५
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले आज एकैदिन १९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका ब्यत्तिहरुलाई पक्राउ गरिएको हो ।

अवहेलना मुद्धाका ६ जना र कुटपीट मुद्धाका १३ गरी कुल १९ जना फरार प्रतिवादीहरुलाई आज एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा बुझाइएका प्रहरीले जनाएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top