मन्त्रिपरिषदमा २० मिनेट हंगामा: प्रधानमन्त्रीलाई सम्हाल्न गाह्रो

१३ पुस ७४, शुक्रबार

मन्त्रिपरिषदको बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषदको बैठकमा हंगामा भएको छ ।

बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

मन्त्रि गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोटलमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलाउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको बिबादले उग्र रुप लिएको एक मन्त्रीले बताए । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ती मन्त्रीका अनुसार, सचिवको बिषयले बैठकमा निकै ठूलो रुप लियो, प्रधानमन्त्रीलाई समेत सम्हाल्न गाह्रो भयो । ‘थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, शहरी विकास मन्त्रालयका सचिव परिवर्तन  हुँदैन, काम गर्न नसक्ने हो भने राजीनामा गर्नुहो, म अहिले नै स्वीकृत गरिदिन्छु ।’

नयाँ पत्रिकामा पनि यो खबर छापिएको छ:
सचिवहरु र मुख्यसचिवहरुविरुद्ध मन्त्रीहरु आक्रोशित भएका छन् । बैठकमा उपप्रधानमन्त्री सवजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्य सचिवकै भूमिका रहेको आरोप लगाएका थिए । २० मिनेट चर्काचर्की भएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top