एजेन्सी, पुस १७
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई मेलवर्न स्टारर्सले विग ब्यासमा सन्दीपको खेल हेर्न निम्तो दिएको छ ।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल आफ्नै बक्समा बसेर हेन निम्तो दिएको हो ।
प्रचार कार्यक्रममै रहेको बेला आज सन्दीपलाई भेट्न पारस मेलवर्नमा पुगेका थिए । मेलवर्नमा सन्दीप र पारसले केहि समयसँगै अभ्यास पनि गरे। विग ब्यासमा सन्दीपले मेलवर्न स्टारबाट खेल्दै सानदार प्रर्दशन गरि रहेका छन् ।
अभ्यासपछि एक कार्यक्रममा सन्दीपले पारसलाई आफ्नो जर्सि समेत दिएका छन् । पारस सहित दीपेन्द्र सिंह ऐरी र यू–१९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान अष्ट्रेलियामा छन् । चौथो खेलमा सन्दीपको टिम स्टार्सले मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । रेनेगेड्ससँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सन्दीपले सन् २०१९ मा सानदार सुरुवात गर्ने आशा गरिएको छ ।
सन्दीपले सुरुवाती ३ खेलमा ७ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् ।