जापानले माग्यो रोजगार अवधारणा पत्र, प्राविधिक टोली माघ २ मा नेपाल आउँदै

काठमाडौं : रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापान सरकारले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको छ।

Advertisement

जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो। नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन जापानले अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले बताए।

‘जापान सरकारले नेपालबाट कामदार लैजाने सम्बन्धमा आएका समचारलाईआत्मसात गरेर नेपालबाट कामदार लिने सम्बन्धमा इच्छुक रहेको जनाउँदै अवधारणा पठाएको छ।’ सचिव दाहालले भने, ‘जापान सरकारबाट आएका अवधारणाका बारेमा मन्त्रालयले अध्धयन गर्दै छ।’

Advertisement

यस सम्बन्धमा छलफल गर्न जापानी प्रतिनिधि माग २ गते नेपाल आउदैछन्। नेपाल सरकारले कम्तिमा ३० हजार नेपाली युवालाई रोजगारी दिन जापानलाई अनुरोध गर्ने तयारी गरेको छ। जापान सरकारले आफ्नो पछिल्लो निर्णय अनुसार नेपाललाई औपचारिक रुपमै अवधारणा समेटेर ड्राफ्ट पठाएको  छ।,काराेबार दैनिकमा खबर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top