एजेन्सी, पुस २१
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई हराउँदै स्पेनिस खेलाडी बाटिस्टा अगुट कतार ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । कतारको दोहामा भएको क्वार्टरफाइलनमा बाटिस्टाले जोकोभिचलाई दुई–एकको सेटमा हराए ।
उनले जोकोभिचको एक सेटको अग्रतालाई उल्ट्याए । पहिलो सेट जोकोभिचले ६–३ले जितेका थिए । तर त्यसपछि बाटिस्टा खेलमा फर्कँदै उत्कृष्ट जित निकाले । उनले दोस्रो सेट ७–६ ले जिते भने तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे ।