विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई हराउँदै बाटिस्टा कतार ओपन टेनिसको सेमिफाइनलमा

२१ पुस ७५, शनिबार
Share this
759shares

एजेन्सी, पुस २१
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई हराउँदै स्पेनिस खेलाडी बाटिस्टा अगुट कतार ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । कतारको दोहामा भएको क्वार्टरफाइलनमा बाटिस्टाले जोकोभिचलाई दुई–एकको सेटमा हराए ।

Advertisement

उनले जोकोभिचको एक सेटको अग्रतालाई उल्ट्याए । पहिलो सेट जोकोभिचले ६–३ले जितेका थिए । तर त्यसपछि बाटिस्टा खेलमा फर्कँदै उत्कृष्ट जित निकाले । उनले दोस्रो सेट ७–६ ले जिते भने तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top