जाडोमा जल्छन् महिला

जाडोमा जल्छन् महिला

जनकपुरधाम : जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् ।

प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् ।घरायसी काममा यसैपनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । महिलालो साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै ।

यस्तो अवस्थामा कहीँकतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमूनिको भागबढी जल्ने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताइन् ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.