बमजनकाे आश्रमबाट अस्थिपञ्जर उत्खनन् गरी जलाइएको आशंका

सिन्धुपाल्चोक : रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ ।

बाँडेगाउँको यहि आश्रमबाट उनीहरु बेपत्ता भएपछि प्रहरीले शुक्रबार बाँडेगाउँस्थित बमजनको आश्रममा छापा मार्यो । ८० रोपनी जग्गामा रहेको आश्रमलाई नियन्त्रणमा लिएर प्रहरीले विशेष अप्रेसन नै सुरु गर्यो ।

उनीहरुको लाश जमिनमुनि गाडीएको सूचना पाएपछि शनिवार आश्रम भन्दा करिव ३ सय मिटर परको जंगलमा प्रहरीले लाश गाडिएको स्थानमा उत्खनन् गर्दा अस्थिपञ्जर भने भेटिएन, तर लाश गाडिएको भनिएको स्थानमा नुनका प्याकेटहरु फेला परेका छन् ।

Advertisement

‘लाश गाडीएको भनिएको स्थानमा उत्खनन् गर्दा नुनका प्याकेटहरु फेला परेका छन्, लाशलाई सडाउन नुन हालिएको हुनसक्छ’, एक प्रहरी अधिकारीले भने । सर्च अपरेसनका क्रममा प्रहरीले आश्रम भन्दा केहि पर कोइलासमेत फेला पारेको छ ।

‘हत्या गरेर लाश गाडे, पछि उत्खनन गरेर जलाए’, नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकारीले भने,–‘हामीले नुन हालेर गाडीएको सूचना पाएका थियौं, यहाँ उत्खनन् गर्दा नुनका प्याकेटहरु भेटिएका छन् ।’ याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top