एजेन्सी, पुस २२
बंगलादेश प्रिमियर लिग(बिपिएल) २०१९ को डेब्यु खेलमै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यूमै घातक बलिङ गरेका छन् । सिलहेट सिक्सर्समा अनुबन्ध भएका सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।
सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा सोएब मालिकलाई सब्बिर रहमानको हातबाट क्याच गराउँदै पहिलो विकेट लिए । सन्दीपले दोस्रो विकेटका रुपमा अनमुल हकलाई ५ रनमा बोल्ड गरे ।
सन्दीपले ४ ओभरमा १२ बल डट गराए । तर टिम भने ४ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।