विराटनगर,पुस २२
भारतको राजस्थानमा आयोजित माहेश्वरी ग्लोबल एक्सपो (औद्योगिक व्यापार मेला)मा दुई नेपालीलाई आइतबार सम्मान गरिएको छ ।
मोरंग व्यापार संघका अध्यक्ष एव उद्योगी पवन कुमार सारडासहित नेपालकी सुन्दरी निकिता चांडकलाई सम्मान गरिएको छ ।उद्योगी सारडालाई प्रतिभा सम्मानले सम्मानित गरिएको थियो ।
जनवरी ४ देखि जनवरी ७ तारिकसम्म सञ्चालन हुने सो औद्योगिक व्यापार मेलाको कन्भेन्सन कार्यक्रमकी प्रमुख अतिथि भारतकी लोक सभाध्यक्ष श्रीमती सुमीत्रा महाजनद्वारा अध्यक्ष सारडा र चांडकलाई सम्मान गरिएको हो ।
कार्यक्रमका विशिष्ठ अतिथि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, सांसद् श्री गजेन्द्र सिंह शेखावत, भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, महासभा पदाधिकारीहरु, भारतका विशिष्ठ ब्यक्तित्वहरु सहभागीता रहेको थियो ।