एजेन्सी, पुष १४
यो दुनियाँमा यस्ता अचम्मका विषय हुन्छन् । जुन तपाइ हामिले कल्पना समेत गर्न सकिदैन । संसारमा एउटा यस्तो अनौठो मन्दिर छ जहाँ पति–पत्नी एकैसाथ पुजा गर्न सक्दैनन् भन्दा तपाइँलाइ पत्याउनै गाह्रो हुन्छ । यदि उक्त मन्दिरमा सँगै पुजा गरे सजाय भोग्नु पर्छ भन्दा अझ अचम्म लाग्न सक्छ । उक्त मन्दिरमा पति–पत्नीले एकैसाथ पुजा गरे चाँडै छुटिनु पर्छ भन्ने विश्वास गरिन्छ ।
यस्तो मन्दिर भारतको हिमाचल प्रदेशमा छ । उक्त प्रदेशको शिमला रामपुर भन्ने स्थानमा रहेको दुर्गा मन्दिरमा पति–पत्नी एकैसाथ पुजा गर्न पुर्ण रुपमा वन्देज छ । यस मन्दिरमा दुवै दम्पती सँगै त जान्छन तर एकैचोटी भने पुजा गदैनन् ।
यो मन्दिर श्राई कोटि माताका नामबाट पुरै हिमांचलमा प्र्रसिद्ध छ । जनविश्वास अनुसार भगवान शिवले आफ्ना दुवै पुत्र गणेश र कार्तिके ब्रह्मांडको चक्कर लगाउन भनेका थिए । कार्तिकेले त आफ्नो वाहनमा बसेर भ्रमणमा गए पनि गणेशले माता–पिताको वरिपरि घुमेर एक फन्को लगाएर भनेका थिए माता–पिताको पाउनै आफ्ना लागि व्रम्हान्ड हो ।
यस पछि कार्तिकेले ब्रह्मांड घुमेर आउदा तर उक्त समयमा गणेशको विवाह भइसकेको थियो । यो देखेर कार्तिकेलाई रिस उठेपछि उनले कहिल्यै विवाह नगर्ने संकल्प गरे । श्राईकोटीको ढोकामा आजपनि गणेश र उनकि पत्निको मुर्ति सँगै स्थापित छ ।
कार्तिकेले विवाह नगर्ने संकल्पका कारण माता पार्वती धेरै रुष्ट बनिन् । त्यसपछि उनले पति–पत्नी एकैसाथ पुजा गरे भने छुटिउन भनेर श्राप दिएको मान्यताका कारण आज पनि सो मन्दिरमा पति–पत्नी एकै साथ पूजा गर्दैनन् ।