भोजपुर, पुस २६
भोजपुर नगरपालिका–६ पिखुवा खोला नजिकै रहेको भिरबाट लडेर १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् ।
बुधवार बेलुका ६ बजेको समयमा भोजपुर सदरमुकामबाट घर फर्कने क्रममा ट्याम्केमैयुम गाउँपालिका–६ का ४९ बर्षीय रोहिन्द्र श्रेष्ठ र ४५ बर्षीय चन्द्र बहादुर श्रेष्ठ पिखुवा खोला नजिकै रहेको भिरबाट लड्दा गम्भीर घाइते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारकै क्रममा रोहिन्द्र श्रेष्ठको राती साढे १० बजे मृत्यु भएको हो ।
अर्का घाईते चन्द्र बहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।