विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमती, क्याम्पस प्रमुखको कार्यकक्षमा लगाईएको ताला खुल्यो

२६ पुस ७५, बिहीबार
Share this
746shares

विराटनगर, पुस २६
पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको विराटनगरमा रहेको पुसेट क्याम्पस प्रमुखको कार्यकक्षमा लगाईएको तालाबन्दी खुलेको छ । विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएको अनेरास्ववियु क्याम्पस कमिटी र पुसेट क्याम्पस प्रशासनबीच बिहीबार सहमती भएसँगै तालाबन्दी खोलिएको हो ।

Advertisement

विज्ञान तथा प्रविधि संकायका डीन र पुसेट क्याम्पसका प्रमुखहरुसँग भएको छलफलपछि भएको सहमती प्रश्चात तालाबन्दी खोलिएको अनेरास्ववियुका उपाध्यक्ष विजय पाण्डेले जानकारी दिए ।

Advertisement

बीई सिभिल शैक्षिक कार्यक्रमका लागि इञ्जिनियरिङ काउन्सिलबाट सिफारिस भई नेपाल सरकारसँग स्वीकृती लिनका लागि थप पहल गर्ने, छात्राबृत्ति प्रतिशत बृद्धिको लागि क्याम्पसबाट १५ दिनभित्र सिफारिस गरी पठाउने तथा हिउँदे विदापश्चात कक्षा, प्रयोगशाला, पुस्तकालय लगायत सम्पुर्ण शैक्षिक क्रियाकलापलाई थप ब्यबस्थित बनाउने बिषयमा दुई पक्षबीच सहमती भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top