प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग स्तब्ध

२७ पुस ७५, शुक्रबार
Share this
774shares

एजेन्सी, पुस २७
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ ।खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो ।

Advertisement

लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे भने पराजित टिम बार्सिलोनाका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए ।घरेलु टोलीले खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले रुवेन रोचिनाको पासमा गोल गरेका थिए ।

१४औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो । मायोरलले इमान्युयल बोएटिङको पासलाई गोलमा परिणत गरेका थिए ।

Advertisement

२ गोलले पछि परेपछि बार्सिलोनाले खेल सकिन पाँच मिनेट बाँकी रहँदा फिलिपे कौटिन्होले पेनाल्टीमार्फ गोल अन्तर घटाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top