नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौं, पुस २८
थाइल्याण्डमा जारी महिला टी–२० प्रतियोगितमा नेपालले विजयी शुरुवात गरेको छ । शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो ।

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे ।

सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धा्रित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

Advertisement

चीनका लागि ओपनर झाङ चानले सर्वा्धिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् ।

नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन् । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ ।

Advertisement

अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ गएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top